सुनौलो गन्तव्यको लागि सही जानकारी।

इलाममा आरोहण मार्ग बनाउने काम जारी छ

work-of-making-the-climbing-route-in-ilam-continues
विश्व कीर्तिमानधारी सगरमाथा आरोही तथा इलाम नगरपालिकाकी सद्भावना दूत कल्पना महर्जनको संयोजकत्वमा इलाम नगरपालिका वडा नं ८ स्थित महाभिर चट्टानमा आरोहण मार्ग बनाउने काम भइरहेको छ ।
 
रुट तय गर्ने जिम्मा अन्तर्राष्ट्रिय पर्वतीय पथप्रदर्शक नरबहादुर अस्तानीले गरेका थिए । सुजन गुरुङ, थुप्तेन लामा र सज्जन घले सहयोगी छन् । यसको व्यवस्थापन रक क्लाइम्बिङ पर्यटक क्षेत्र प्रवर्द्धन समिति इलाम नगरपालिकाले गरिरहेको छ ।
 
इलाम नगरपालिका र पर्यटन बोर्डको आर्थिक व्यवस्थापनमा महाभिरको चट्टानमा ६ वटा विभिन्न ग्रेडका रुट बनिरहेको आरोही कल्पना महर्जनले जानकारी दिएकी छन्