सुनौलो गन्तव्यको लागि सही जानकारी।

देशमा अझै केही दिन वर्षा हुने सम्भावना छ

country-to-receive-more-rainfall-for-the-next-few-days
विगत केही दिनदेखिको मनसुन वर्षाको रोक शुक्रबारदेखि केही स्थानमा परेको र शनिबार देशका अधिकांश भूभागमा फैलिएको छ ।
 
अझै एक दुई दिन वर्षा जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
 
जल तथा मौसम पूर्वानुमान महाशाखाले जारी गरेको तीन दिनको मौसम पूर्वानुमान अनुसार सोमबारसम्म पानी पर्ने सम्भावना रहे पनि विभिन्न स्थानमा यसको तीव्रता फरक–फरक रहनेछ ।
 
आइतबार देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १ र वाग्मती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
 
आइतबार राति पनि प्रदेश २ का केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
 
त्यस्तै सोमबार दिउँसो पनि केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानमा दिउँसोदेखि रातिसम्म हल्कादेखि मध्यम वर्षा हुनेछ।
 
सोमबार रातिसम्म प्रदेश १ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।