सुनौलो गन्तव्यको लागि सही जानकारी।

मन्थली–लुक्ला उडान भइरहेका छन्

manthali-lukla-flights-in-operation
रामेछाप, २५ भदौ
 
पदयात्राको सिजन सुरु भएसँगै आइतबारदेखि मन्थली–लुक्ला उडान सुरु भएको छ ।
 
रामेछापको मन्थली विमानस्थलबाट आइतबार तारा एयर, समिट एयर र सीता एयरले विदेशी पर्यटकको उडान भरेका थिए ।
 
पर्यटकीय सिजनमा काठमाडौं विमानस्थलमा हवाइ चहलपहल बढेपछि तीनवटै वायुसेवा कम्पनीले आफ्नो उडान मन्थलीमा सारेका छन् ।
 
अहिले एयरलाइन्स कम्पनीले पर्यटकलाई बसमा मन्थली पु¥याउने र त्यसपछि विमानबाट लुक्लासम्म पुर्‍याउने गरेका छन् ।
 
यो वर्ष पर्यटकीय सिजन सुरु भएकाले मौसम अनुकूल रहेमा वायुसेवा कम्पनीहरूले बढीभन्दा बढी उडान गर्ने अपेक्षा गरिएको छ ।
 
काठमाडौंको नजिकै अवस्थित मन्थली विमानस्थल पूर्वी क्षेत्रमा इन्धन भर्ने सेवाले सुसज्जित र विमानहरूका लागि आपत्कालीन अवतरण स्थलको रूपमा तोकिएको एकमात्र विमानस्थल हो।