सुनौलो गन्तव्यको लागि सही जानकारी।

व्यापार घाटा कम गर्न व्यवसायी संस्थाहरु सहकार्य गर्छन्

business-entities-cooperate-to-reduce-trade-loss
नेपाल चेम्बर अफ कमर्श र नेपाल हस्तकला महासंघले व्यापार घाटा न्यूनीकरणका लागि सहकार्य गर्ने निर्णय गरेको छ । नेपाली हस्तकलाले अन्तर्राष्ट्रिय बजारमा नेपालको पहिचान स्थापित गरेको र व्यापार घाटा न्यूनीकरणमा योगदान पु¥याएको तथ्य बुझ्दै थप सहकार्य गर्न सहमत भएको हो ।
 
चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले हस्तकलाको निर्यात सहजीकरण र भन्सारमा परेका अवरोध हटाउन सहकार्य गर्ने बताए । त्यसैगरी कच्चा पदार्थको उत्पादन र उपयोगमा पनि मिलेर काम गर्नेछन् ।
 
मल्लले अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपाली हस्तकलाको प्रवेश सुनिश्चित गर्न आफूले सक्दो पहल गर्ने बताए । सोमबार हस्तकला महासंघको नवनिर्वाचित कार्यसमितिलाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।
 
हस्तकला उद्योगले स्वदेशी सीपको प्रवर्द्धन र संरक्षण मात्र गरेको छैन तर सांस्कृतिक पहिचान स्थापित गर्न पनि मद्दत गरेको छ।
 
राज्यले अनुदान दिएको खण्डमा अमेरिका, युरोपेली मुलुक, जापान, चीन, भारत र कोरियामा हस्तकलाको निर्यातबाट यो उद्योग थप फस्टाउन सक्छ ।
 
सो अवसरमा महासंघका अध्यक्ष प्रचण्ड शाक्यले हस्तकलाका सामान निकासीमा भन्सारमा समस्या परेको बताए । उहाँले चेम्बरलाई समस्या समाधान गर्न सहजीकरण गर्न आग्रह गर्नुभयो ।